logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • भाषा पास गरेर पनि दक्षिण कोरिया जान नपाएपछि माइतीघरमा प्रदर्शन

    भाषा पास गरेर पनि दक्षिण कोरिया जान नपाएपछि माइतीघरमा प्रदर्शन

    1.8K
    SHARES
    भाषा पास गरेर पनि दक्षिण कोरिया जान नपाएपछि माइतीघरमा प्रदर्शन

    काठमाण्डौ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवा युवतीहरूले काठमाण्डौमा प्रदर्शन गरेका छन् ।



    कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्ष दिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले मंगलबार काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका हुन् । भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई वर्ष म्याद थप गर्न माग गरेका छन् ।

    प्रदर्शनमा सहभागीहरूले इपीएसको लुट धन्दा बन्द गर, कृषि तथा पानीजहाजको रोष्टर अवधि थप गर, पासरलाई छिटो भन्दा छिटो कोरिया लगियोस्, २ वर्ष म्याद थप गरियोस् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट