logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • राशिफल १६ माघ: मिथुन शत्रुबाट बच्नुपर्ने, कर्कटलाई सन्तान प्राप्ति, तपाईँको भाग्य कस्तो?

    राशिफल १६ माघ: मिथुन शत्रुबाट बच्नुपर्ने, कर्कटलाई सन्तान प्राप्ति, तपाईँको भाग्य कस्तो?

    3.6K
    SHARES
    राशिफल १६ माघ: मिथुन शत्रुबाट बच्नुपर्ने, कर्कटलाई सन्तान प्राप्ति, तपाईँको भाग्य कस्तो?

    आज शुक्रबार, १६ माघ २०८२ (३० जनवरी २०२६)। हेर्नुस् राशिफल-



    मेष: आफन्तको सहयोग प्राप्त हुनेछ। धैर्य र निरन्तरताले सफलता दिलाउनेछ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। नयाँ सोच, डिजाइन वा इनोभेसनमा काम सुरु गर्न सकिन्छ। पुनर्मिलनको योग छ।

    भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

     

    वृष: सानो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ। मन्त्र- खुला सोच नै सम्भावनाको ढोका हो।

    भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

     

    मिथुन: धैर्य र सौम्यता दुवै आवश्यक छ। अनावश्यक यात्राबाट टाढा रहनु उपयुक्त हुनेछ। शत्रुबाट सचेत रहनुहोस्। रिसराग नियन्त्रण गर्न जरुरी छ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

    भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

     

     

    कर्कट: अतिथिको रूपमा सत्कार पाइन सकिनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ, घरमा प्रसन्नता छाउनेछ।

    भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

     

    सिंह: सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुग्न सहयोग मिल्नेछ, तर साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्। शुभ दिशा उत्तर वा नैऋत्य हो।

    भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

     

    कन्या: निर्णायक क्षमतामा कमी आउनेछ। शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरुरी छ। शुभ दिशा पूर्व वा ईशान हो।

    भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

     

    तुला: कम्युनिकेसन स्किल बढ्नेछ। छोटो दूरीको लाभदायक यात्रा होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।

    भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४७, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।  यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

     

    वृश्चिक: बुद्धिको उपयोगले जटिल कामसमेत सम्पादन हुन सक्छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेम सम्बन्धमा कुराकानीबाटै समाधान आउने र प्रेमीसँग मधुर मिलन हुनेछ।

    भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

     

    धनु: नेतृत्व र निर्णय क्षमतामा सबैको ध्यान तपाईँतर्फ रहनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। टाढिएका मित्रसँग नजिकिने समय छ। शुभ दिशा पश्चिम हो।

    भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

     

    मकर: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको ख्याल गर्नुहोला। मन्त्र- स्थिर सोच, शान्ति र सफलता एकअर्काका परिपूरक हुन्।

    भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ७६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

     

    कुम्भ: महत्त्वहीन र बेकारका काममा समय बित्न सक्छ। धार्मिक वा दार्शनिक पुस्तक पढ्नु उपयुक्त छ। साथीभाइको लहैलहैमा नलाग्नु होला।

    भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

     

    मीन: साथीको यादले सताउला। तपाईँको कलामा समाजको आँखा पर्नेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। शुभ दिशा उत्तर वा ईशान हो।

    भाग्यशाली रङ निलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७७, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट