logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • सुनकाे मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ काराेबार ?

    सुनकाे मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ काराेबार ?

    1.3K
    SHARES
    सुनकाे मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ काराेबार ?
    काठमाण्डौ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेकाे छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ६५ कायम भएको छ ।
    बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ५०५ कायम भएको थियो ।
    गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु ६ हजार ८७० कायम भएको थियो ।
    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट