logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • यूएईले २६७ नेपालीलाई दियो आममाफी

    यूएईले २६७ नेपालीलाई दियो आममाफी

    1.5K
    SHARES
    यूएईले २६७ नेपालीलाई दियो आममाफी

    काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई)को ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई आममाफी दिएको छ।



    नेपाली आममाफी दिएकोमा नेपाल सरकारले यूएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ। नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिएको जनाएको छ।

    आबुधाबीस्थित नेपाली दूतावासले पटकपटकको अनुरोधको प्रत्युत्तरस्वरूप यूएई सरकारले आममाफीको निर्णय गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन्।


    अर्थ चाैतारी
  • आइतबार, १८ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट