काठमाण्डौ । अपि पावरको लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज माघ २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ १८ गतेदेखि आम सर्वसाधारणलाई ५ लाख ७२ हजार ४ सय ३१ कित्ता शेयर निष्काशन गरेको हो।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थ्यनिय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले मङ्सिर २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको छ ।
अर्थ चाैतारी ।