logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • नेपालमा साइबर सुरक्षा सुदृढीकरणमा एनबीए र भिसाको सहकार्य, राष्ट्रिय कार्यशाला सम्पन्न

    नेपालमा साइबर सुरक्षा सुदृढीकरणमा एनबीए र भिसाको सहकार्य, राष्ट्रिय कार्यशाला सम्पन्न

    1.6K
    SHARES
    नेपालमा साइबर सुरक्षा सुदृढीकरणमा एनबीए र भिसाको सहकार्य, राष्ट्रिय कार्यशाला सम्पन्न

    काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए) र भिसा (Visa) को सहकार्यमा “नेपालमा साइबर सुरक्षात्मक क्षमताको सुदृढीकरण” विषयक राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ। डिजिटल वित्तीय प्रणाली तीव्र रूपमा विस्तार भइरहेको सन्दर्भमा साइबर जोखिम न्यूनिकरण र संस्थागत तयारी सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको एनबीएले जनाएको छ।



    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल सेनाको साइबर सुरक्षा निर्देशनालय, नेपाल प्रहरीको साइबर ब्युरो, अन्तर्राष्ट्रिय वित्त निगम (IFC) लगायत सरकारी, नियामक, सुरक्षा निकाय, बैंक तथा वित्तीय संस्था र अन्तर्राष्ट्रिय विकास साझेदारका उच्च तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसले नेपालका सरोकारवाला निकायहरूबीच डिजिटल अर्थतन्त्रको सुरक्षामा साझा प्रतिबद्धता रहेको सन्देश दिएको आयोजकको भनाइ छ।

    उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल वित्तीय इकोसिस्टमलाई सुरक्षित बनाउनु आजको प्राथमिक आवश्यकता भएको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरूमा साइबर जोखिम व्यवस्थापन प्रणाली थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

    कार्यशालामा दुईवटा प्राविधिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। नेपाल प्रहरी, साइबर ब्युरोले “नेपालको सन्दर्भमा साइबर अपराध, ठगी र स्क्यामका उदीयमान प्रवृत्ति” विषयमा प्रस्तुति दिँदै वर्तमान जोखिम अवस्था र कानुनी चुनौतीहरूबारे जानकारी गराएको थियो। त्यस्तै, भिसाले “सुरक्षित डिजिटल भविष्यको निर्माण” शीर्षकमा विश्वव्यापी अभ्यास र सहकार्यमा आधारित साइबर सुरक्षाका उपायहरू प्रस्तुत गरेको थियो।

    “समन्वित राष्ट्रिय साइबर सुरक्षा इकोसिस्टम निर्माण: भूमिका, जिम्मेवारी र आगामी मार्गचित्र” विषयक उच्चस्तरीय प्यानल छलफलमा बैंकिङ क्षेत्र, नियामक निकाय र साइबर सुरक्षा विज्ञहरूले अन्तर–एजेन्सी समन्वय, क्षमता विकास तथा सार्वजनिक–निजी साझेदारी सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।

    समापन सत्रमा भिसा इन्डिया तथा दक्षिण एसियाका उपाध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत वैभव तराणेकरले धन्यवाद ज्ञापन गर्दै नेपालका सातै प्रदेशमा विशेष साइबर सुरक्षा तालिम सञ्चालन गर्ने नयाँ क्षमता विकास पहल घोषणा गरे। कार्यक्रमले ज्ञान आदान–प्रदान, संवाद र सहकार्यलाई अघि बढाउँदै नेपाललाई बढ्दो डिजिटल चुनौती सामना गर्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २१ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट