logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

    सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

    1.2K
    SHARES
    सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

    काठमाण्डौ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ थियो। यस आधारमा सुनको मूल्य तोलामै १४ हजार ४०० रुपैयाँ बढेको छ ।

    यस्तै, आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रति १० ग्राम २ लाख ४८ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ थियो।

    आज चाँदी प्रति १० ग्राम ४ हजार ८ सय १ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २१ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट