logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • निफ्राबाट बाहिरिने तयारीमा आइएमई लिमिटेड, १५० रुपैयाँ मूल्य तोकेर सबै शेयर बिक्रीमा

    निफ्राबाट बाहिरिने तयारीमा आइएमई लिमिटेड, १५० रुपैयाँ मूल्य तोकेर सबै शेयर बिक्रीमा

    1.5K
    SHARES
    निफ्राबाट बाहिरिने तयारीमा आइएमई लिमिटेड, १५० रुपैयाँ मूल्य तोकेर सबै शेयर बिक्रीमा

    काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको संस्थापक शेयरधनी आईएमई लिमिटेड बैंकबाट बाहिरिने भएको छ । त्यसको लागि आईएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको बैंकको १० लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।



    आइएमई लिमिटेडले यी शेयरको न्युनतम मूल्य प्रति १५० रुपैयाँ तय गरेको छ। बैंकले यस अघि संस्थापक शेयरधनीलाई सो शेयर बिक्रिको लागि सूचना जारी गरेको थियो। तर त्यस समयमा कसैलेपनि आवेदन नदिएकोले अब भने अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्नको लागि बैंकले सूचना जारी गरेको हो।

    शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थालाई बैंकले ७ दिन भित्र आवेदन दिन भनेको छ। बैंकका अनुसार अनुसार आवेदन दिँदा पुरै शेयर खरिदको लागि आवेदन दिनु पर्ने छ। बैंकमा आइएमई लिमिटेडको ०.५ प्रतिशत शेयर स्वामित्व थियो। कम्पनीले सबै शेयर बिक्री गरेर बैंकबाट बाहिरिन खोजेको हो।

     

    को को छन् बैंकका ठूला शेयरधनी ?

    निफ्रामा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० रहेको छ। बैंकको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० रहेको हो, जसमा व्यक्तिगत र संस्थागत दुवै लगानीकर्ता समावेश छन् ।

    बैंकको सबैभन्दा ठूलो शेयरधनीको रुपमा नेपाल सरकार, अर्थ मन्त्रालय रहेको छ । बैंकमा सरकारको १० प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै बैंकमा नेपाल लाइफ इन्स्योरेन्सको ८.९५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ५.४८ प्रतिशत, त्तहा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ प्रतिशत शेयर स्वामित्व रहेको छ।

    बैंकमा एनआईसी एशिया बैंकको ४.९८ प्रतिशत स्वामित्व रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकमा एनआईसी एशिया बैंकको ५ प्रतिशत शेयर स्वामित्व रहेकोमा बैंकले स्वामित्व ०.०२ प्रतिशत बिन्दुले घटाएको देखिन्छ।

    त्यस्तै बैंकमा प्रभु बैंकको ४.९२ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.२० प्रतिशत, नेपाल पुनर्बिमा कम्पनीको २.४७ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्सको १.७५ प्रतिशत, इमार्जिंग नेपालको १.२५ प्रतिशत, तथा नितेश अग्रवालको १.२१ प्रतिशत शेयर स्वामित्व रहेको छ। अग्रवाल व्यक्तिगत तर्फका सबैभन्दा धेरै शेयर स्वामित्व रहेका शेयरधनी हुन् ।

    बैंकमा अन्य शेयरधनीको भने १ प्रतिशतभन्दा कम शेयर स्वामित्व रहेको छ। जसमा विशाल ग्रुपको ०.७५ प्रतिशत स्वामित्व छ भने जीवनाथ लामिछाने र हिमालयन लाइफ इन्स्योरेन्सको समान ०.६३ प्रतिशत शेयर स्वामित्व रहेको छ। बैंकमा आईएमई लिमिटेड, सिटी एक्सप्रेस इन्भेष्टमेन्ट, युनाइटेड डिस्ट्रीब्युटर्स , शशी कान्त अग्रवाल, सिद्धार्थ बैंक र प्रुडेन्शियल क्यापिटल म्यानेजमेन्टको समान ०.५० प्रतिशत शेयर स्वामित्व रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, २१ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट