logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • दाना खोला आयोजनाको हाइड्रोमेकानिकल कार्यको जिम्मा भगत कन्स्ट्रक्सनलाई

    दाना खोला आयोजनाको हाइड्रोमेकानिकल कार्यको जिम्मा भगत कन्स्ट्रक्सनलाई

    1.3K
    SHARES
    दाना खोला आयोजनाको हाइड्रोमेकानिकल कार्यको जिम्मा भगत कन्स्ट्रक्सनलाई

    काठमाण्डौ । लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाको हाइड्रोमेकानिकल कार्य श्री भगत कन्स्ट्रक्सन प्रालिले गर्ने भएको छ । प्रबर्दक कम्पनी र भगत कन्स्ट्रक्सनबीच मंगलबार सम्झौता भएको हो ।



    सम्झौतामा प्रबर्दक कम्पनी लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहन डाँगी र ठेकेदार कम्पनी भगत कन्स्ट्रक्सन प्रालिका संचालक अरुण कुमार भगतले हस्ताक्षर गरेका छन् । यस आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेल ईनर्जीले गरिरहेको छ । अन्तिम प्याकेजको रुपमा हाइड्रोमेकानिकल कार्य श्री भगत कन्स्ट्रक्सनलाई दिइएको हो ।

    यो आयोजना मनाङको नासो गाउँपालिकामा पर्छ । कम्पनीको आयोजनामा सानिमा बैंकको अगुवाइमा नबिल बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ऋण लगानी गरेका छन् । आयोजनाको कुल लागत ९९६ करोड रुपैयाँ रहेको छ।

    प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० र वर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने गरि सम्झौता भईसकेको छ। आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी प्रसारण लाइनमार्फत ३.५ किलोमिटरको दूरीमा रहेको प्राधिकरणको मनाङको धारापानी सबस्टेसनमा जोडिने छ । आयोजना निर्माण सम्पन्न गरि सक्नु पर्ने समय २०८४ कात्तिक २ गते तोकिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २१ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट