logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ३ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

    आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ३ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

    1.4K
    SHARES
    आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ३ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

    काठमाण्डौ । आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ३ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। ३ वटै कम्पनीले माघ २० गते आवेदन दिएका हुन् । आवेदन दिने कम्पनीमा होटेल इच्छा लिमिटेड, एशियन ब्याट्रीज लिमिटेड र हुलास आइरन एण्ड इन्डस्ट्रीज लिमिटेड रहेका छन् ।



    होटेल इच्छा लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले बाराको सिमरामा मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटल ईच्छा संचालन गरिरहेको छ। होटलका संस्थापक अध्यक्ष ईच्छा बहादुर वाग्ले हुन् ।

    एशियन ब्याट्रीजले १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ। एशियन ब्याट्रीज लिमिटेडको उत्पादन केन्द्र मोरङको बुढीगंगा गाउँपालिकामा छ भने सम्पर्क कार्यालय ललितपुरको सानेपामा अवस्थित छ । कम्पनीले सवारी साधन, इलेक्ट्रिक रिक्सा, मोटरसाइकल तथा सोलार प्रणालीमा प्रयोग हुने गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्दै आएको छ ।

    हुलास आइरन एण्ड इन्डस्ट्रीजले भने प्रिमियम मूल्यमा शेयर निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले प्रति कित्ता २२५ रुपैयाँमा ०७ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको हो । यो हुलास ग्रुप अन्तर्गतको कम्पनी हो। हुलास ग्रुपका अध्यक्ष चन्द्र कुमार गोल्छा हुन् । हुलास आइरनका प्रबन्ध संचालक चन्द्र कुमार गोल्छाका छोरा शरद गोल्छा हुन् ।


    अर्थ चाैतारी
  • विहिबार, २२ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट