काठमाण्डौ । नेपाल टेलिकमका कर्मचारीहरूले वार्षिकोत्सवकै क्रममा मौन विरोध प्रदर्शन गरेका छन् । बिहीबार टेलिकमको २२ औँ वार्षिकोत्सवको क्रममा टेलिकममा आबद्ध तीनवटै कर्मचारी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले हामी ‘अन्यायमा छौँ, न्यायका लागि हाम्रो आवाज’ लेखिएको व्यानरसहित विरोध जनाएका हुन् । कर्मचारी विनियमावली संशोधन गर्दै वृत्ति विकासको व्यवस्था गर्न उनीहरूले विरोध जनाएका हुन् ।
विनियमावली संशोधन नभएका कारण कर्मचारीहरू १३-१४ वर्षदेखि एउटै पदमा बसिरहनुपरेको कर्मचारीहरूको गुनासो छ ।







अर्थ चाैतारी ।