logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • अन्नपूर्ण केवलकारले आईपीओ निष्काशनको लागि फेरि दियो आवेदन

    अन्नपूर्ण केवलकारले आईपीओ निष्काशनको लागि फेरि दियो आवेदन

    1.2K
    SHARES
    अन्नपूर्ण केवलकारले आईपीओ निष्काशनको लागि फेरि दियो आवेदन

    काठमाण्डौ । अन्नपूर्ण केवलकार लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा पुन: आवेदन दिएको छ। कम्पनीले प्रति शेयर नेटवर्थ ९० रुपैयाँ भन्दा माथि पुर्याएर माघ १८ मा फेरि आवेदन दिएको हो । कम्पनीले २०८० पुस मै आवेदन दिएकोमा प्रति शेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेको भन्दै धितोपत्र बोर्डले कम्पनीको आवेदन पाईपलाइनबाट हटाईदिएको थियो।



    कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता शेयर निष्काशनको अनुमति मागेको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    यस कम्पनीले पोखरामा केवलकार संचालन गरिरहेको छ । कम्पनीको केवलकार मार्फत ९/१० मिनेट। मै पोखराको सेती बगरदेखि सराङकोटसम्म पुग्न सकिन्छ । केवलकारको लम्बाई २ हजार ४०० मिटर रहेको छ । केवलकारमा १७ वटा गोन्डुला रहेका छन् भने एक घण्टामा ५ सय जनाले यात्रा गर्न सक्ने छन् ।

    यस कम्पनीका अध्यक्ष कालु गुरुङ हुन् भने अन्य संचालकमा आजाद श्रेष्ठ, चन्द्र बहादुर कार्की, र सनत न्यौपाने रहेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, २२ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट