logo

२०८२ माघ २७, मंगलबार

logo
  • २०८२ माघ २७, मंगलबार
  • मंगलबार पनि घट्यो नेप्से, ८ अर्बको मात्रै कारोबार

    मंगलबार पनि घट्यो नेप्से, ८ अर्बको मात्रै कारोबार

    572
    SHARES
    मंगलबार पनि घट्यो नेप्से, ८ अर्बको मात्रै कारोबार

    काठमाण्डौ । आइतबार र सोमबार लगातार घटेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको छ।



    मंगलबार पनि नेप्से सूचक १०.२५ प्रतिशतले घटेर २६६२.१४ अंकमा आइपुगेको हो। आइतबार १०.२४ प्रतिशत र सोमबार २६.०५ प्रतिशतले घटेको नेप्से आइतबार पनि दोहोरो अंकले नै घट्न पुगेको हो।

    यस्तै कारोबार पनि मंगलबार खुम्चिएको छ। यो दिन कुल ८ अर्ब ५७ करोडकोमात्रै काराबोर भएको हो। कारोबार खुलेबाटै ओरालो लाग्न थालेको नेप्सेमा म्युचुअल फण्ड र व्यपार समूहको बाहेक सबै समुहको उपसूचक घटेको छ।

    यस्तै कम्पनीगत रुपमा कारोबारमा आएका ३२४ कम्पनीमध्ये ७४ वटाको मूल्य बढ्दा १७९ वटाको घट्न पुगेको हो। बाँकी ७ वटाको भने आज मूल्यमा उतारचढाव देखिएन।

    यो दिन सर्वाधिक कमाउनेमा कालिन्चोक दर्शन लिमिटेड अगाडि छ। यो कम्पनीको मूल्य ६.३६ प्रतिशतले बढेको हो । यस्तै घट्नेमा भने ५.२४ प्रतिशतले मूल्य घटेर कर्पोरेट डेभलपमेन्ट बैंक अगाडि देखिएको छ।

    यस्तै आज लगानीकर्ताले सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कारोबार गरेका छन्। यो कम्पनीको आज ४५ करोडको कारोबार भएको हो।


    अर्थ चाैतारी
  • मंगलबार, २७ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट