logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • एनसीएचएलको ईएफटी मेम्बरअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बन्यो सिटिजन्स बैंक

    एनसीएचएलको ईएफटी मेम्बरअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बन्यो सिटिजन्स बैंक

    1.5K
    SHARES
    एनसीएचएलको ईएफटी मेम्बरअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बन्यो सिटिजन्स बैंक

    काठमाण्डाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस एनसीएचएल ( एनसीएचएल) बीच एनपीएस– अन्तर्गत नेश्नल कार्ड स्वीच अन्तर्गत डोमेस्टिक कार्ड स्किम, ईटीइफ स्वीचमार्फत नेपालपे कार्ड संचालनका लागि सम्झौता भएको छ।



    सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे। यस सम्झौता अन्तर्गत सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एनसीएचएलको ईएफटी इलेक्ट्रोनिक फण्ड ट्रान्सफर मेम्बर भित्र नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक भएको छ ।

    यस पश्चात सिटिजन्स बैंकको एटीएम तथा पोओएस टर्मिनलहरुरुमा नेपालपे कार्डका साथै डिस्कभर, डिनर, पल्स जस्ता इन्टरनेश्नल कार्डहरु पनि स्वीकार्य हुनेछन् । यससंगै बैंकका ग्राहकहरुले छिट्टैनै एनसीएचएलद्धारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम नेपालपे कार्ड पनि प्राप्त गर्न सक्नेछन् ।

    “विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
    हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

    फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट