logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • टि २० विश्वकप क्रिकेटमा नेपालको दोस्रो खेल आज, इटालीसँग भिड्दै

    टि २० विश्वकप क्रिकेटमा नेपालको दोस्रो खेल आज, इटालीसँग भिड्दै

    1K
    SHARES
    टि २० विश्वकप क्रिकेटमा नेपालको दोस्रो खेल आज, इटालीसँग भिड्दै

    काठमाण्डौ । शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दै छ। आज नेपाल र इटालीबीच खेल हुन लागेको हो ।



    यो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । यस अघि गत आइतबार नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो ।

    २० टिमहरू सहभागी भएको यस विश्वकपमा नेपाल समूह सी मा रहेको छ, जसमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली पनि छन्। आजको खेलपछि बाँकि खेलहरुमा नेपालले फागुन ३ मा वेस्ट इन्डिजसंग र फागुन ५ मा स्कटल्यान्डसँग खेल्ने छ । नेपालको सबै खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । समूह चरणको खेलहरुपछि शिर्ष २ मा रहने २ टिम अर्को चरण प्रवेश गर्ने छन् ।

    नेपालले तेस्रो पटक टि २० विश्वकप खेलिरहेको हो। यस पटकको प्रतियोगिता भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, २९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट