logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य वृद्धि

    अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य वृद्धि

    1.3K
    SHARES
    अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य वृद्धि

    काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि चेतावनी थपेपछि तेलको मूल्य मङ्गलबार बढेको छ । दुई देशबिच जेनेभामा इरानको परमाणु कार्यक्रमसम्बन्धी नयाँ वार्ता भइरहेको छ ।



    पश्चिम टेक्सास इन्टरमिडियेट तेलको मूल्य प्रति बैरल १.५ प्रतिशत बढेर ६३.८० डलर पुगेको छ भने ‘अन्तर्राष्ट्रिय मानक ब्रेन्ट नर्थ सि क्रूड’ले पनि सानो वृद्धि देखाएको छ ।

    विश्लेषक आरिन चिएक्रेका अनुसार, “इरान र अमेरिकाले नयाँ वार्ता सुरु गरेका छन्, र यदि तेहरानले सम्झौता गर्न असफल भयो भने परिणाम सामना गर्नुपर्ने चेतावनी ट्रम्पले दिनुभएको छ ।”

    इरानले अमेरिकी प्रतिबन्धको उन्मूलन कुनै पनि परमाणु सम्झौताको अनिवार्य भाग रहेको स्पष्ट पारेको छ । बजारका अन्य सूचकहरूमा, यूरोपेली सेयर बजार प्रारम्भिक कारोबारमा स्थिर देखिएको छ । टोकियो र चीनका बजारहरू चाडका कारण बन्द थिए । वाल स्ट्रिट अमेरिकी सार्वजनिक विदाको कारण मंगलबार पुनः खुल्दैछ ।

    विदेशी मुद्रा बजारमा अमेरिकी डलर ब्रिटिश पाउन्डको तुलनामा बढेको छ, किनभने बेलायतमा बेरोजगारी पाँच वर्षको उच्च स्तरमा पुगेको तथ्याङ्कले देखाएको छ । विश्लेषकहरूले बताए अनुसार, गत वर्षको अन्तिम चौमासिकमा ५.२ प्रतिशतको बेरोजगारी दरले बेलायतको केन्द्रीय बैङ्कले आगामी महिनामा व्याजदर घटाउने सम्भावना बढाएको छ ।

    युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले २०२६ मा पुनः वृद्धि पाउन कठिन हुने


    अर्थ चाैतारी
  • बुधबार, ६ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट