logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई एपोलो हाइड्रोपावरको आईपीओ खुल्यो

    स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई एपोलो हाइड्रोपावरको आईपीओ खुल्यो

    1.1K
    SHARES
    स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई एपोलो हाइड्रोपावरको आईपीओ खुल्यो

    काठमाण्डौ । प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि एपोलो हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । सोमबारदेखि हाइड्रोपावरको प्राथमिक सेयर खुलेको हो ।



    कम्पनीले जारी गरेको पुँजी ४७ करोडको ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमा १० प्रतिशत अर्थात् ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको लागि निष्कासन गर्न लागिएको हो ।

    त्यस्तै, कम्पनीले १० प्रतिशत अर्थात् ९४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई निष्कासन गर्न लागेको छ । कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

    प्रभावित क्षेत्रका रूपमा ओखलढुङ्गा जिल्लाका खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८, सोलुखुम्बु जिल्लाको लिखुपिखे गाउँपालिका २, रामेछाप जिल्लाको उमाकुन्ड गाउँपालिका वडा नम्बर २ र ३ तथा गोकुलगंगा गाउँपालिका वडा नम्बर १ रहेका छन् ।

    आयोजना प्रभावित स्थानीयवासीले छिटोमा फागुन २५ गतेसम्म र ढिलोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले छिटोमा फागुन १४ र ढिलोमा २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    अङ्कित मूल्य १ सयका दरले रकम भुक्तानी गर्नुपर्नेछ । न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

    ६ मेगावाट क्षमताको सो आयोजना रनअफ रिभरमा आधारित छ । आयोजना करिब सम्पन्न भइसकेको छ भने प्रसारण लाइनको काम अन्तिम चरणमा छ ।


    अर्थ चाैतारी
  • सोमबार, ११ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट