logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सात महिनामा लघु निर्जीवन बीमकले भित्र्याए साढे ७३ करोड बढीको व्यापार, कसको कति ?

    सात महिनामा लघु निर्जीवन बीमकले भित्र्याए साढे ७३ करोड बढीको व्यापार, कसको कति ?

    585
    SHARES
    सात महिनामा लघु निर्जीवन बीमकले भित्र्याए साढे ७३ करोड बढीको व्यापार, कसको कति ?

    काठमाण्डौ । लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।८३ को माघसम्म साढे ७३ करोड रुपैयाँ बढीको व्यापार भित्र्याउन सफल भएका छन्।



    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ७ सात महिनाको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवन बीमकले ७३ करोड ६२ लाख रुपैयाँको व्यापार भित्र्याएका हुन्। यो अवधिमा ती बीमकले २ लाख ७२ हजार ७५२ वटा बीमालेख जारी गरेका छन्।

    तथ्यांकअनुसार सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले माघसम्म ७८ हजार १९३ वटा बीमालेख जारी गरेर २० करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

    दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ६९ हजार ५४९ वटा बीमालेख बिक्री गरेर १९ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

    यसैगरी माघसम्म ट्रस्ट माइक्रो इन्स्योरेन्सले ५३ हजार ८१७ वटा बीमालेख बिक्री गरेर १७ करोड ९३ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ७१ हजार १९३ वटा बीमालेख बिक्री गरेर १६ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, १२ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट