काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २ लाख ४२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको २ लाख ४२ हजार ६४८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।
निवेदन काठमाण्डौको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
अर्थ चाैतारी ।