logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • स्व. बुबा सुवासको जन्मदिनमा बुबाबारे सुहाङको भावूक स्ट्याटस

    स्व. बुबा सुवासको जन्मदिनमा बुबाबारे सुहाङको भावूक स्ट्याटस

    676
    SHARES
    स्व. बुबा सुवासको जन्मदिनमा बुबाबारे सुहाङको भावूक स्ट्याटस

    काठमाण्डौ । शालीन र भद्र युवा नेताको पहिचान बनाएका सुहाङ नेम्वाङले स्व. बुबा सुवास नेम्वाङकाे जन्मदिनको स्मरण गर्दै भावूक स्ट्याटस शेयर गरेका छन्। बिहिबार बुबा सुवासको जन्मदिनको अवसरमा उनीसँगको पूरानो तस्बिर राख्दै उनले सँधै बुबाको पाईला पछ्याउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।



    ‘आज तपाईंको जन्मदिन’ सुहाङले लेखेका छन्, ‘भौतिक रूपमा तपाईं हामीबीच हुनुहुन्न, तर नेपाली समाजको रूपान्तरणका लागि तपाईंले कोरेको मार्ग र छरेको उज्यालो आज पनि उत्तिकै सान्दर्भिक छ। तपाईं आज पनि आम नेपालीको मानसपटलमा उत्तिकै प्रिय र अजम्बरी हुनुहुन्छ।’ उनले स्ट्याटसमा देशको वर्तमान परिस्थितिमा धेरैले बुबा सुवासको अभाव महसुस गरिरहेका उल्लेख गर्दै गरेका छन्।

    भर्खरै इलाम क्षेत्र नंं‍‍. १ बाट प्रतिनिधिसभामा निर्वाचितसमेत भएका सुहाङले बुबालाई स्मरण गर्दै भनेका छन्, ‘बुबा, मलाई थाहा छैन, ‘तपाईंले देखाउनुभएको त्यो निष्ठाको बाटो र आदर्शको उज्यालोलाई मैले कति आत्मसात् गर्न सकेँ? सकुँला? तर एउटा कुरा भने गौरवका साथ भन्न सक्छु, मेरा हरेक पाइलाहरू तपाईंले देखाउनुभएकै मार्गदर्शनमा छन्। तपाईंले छाडेर जानुभएका सिद्धान्त, मूल्य र मान्यताहरूलाई नै मूल मन्त्र मानेर म अघि बढ्ने निरन्तर प्रयत्न गरिरहेको छु।’

    ‘राजनीति फगत पद प्राप्तिको सोपान होइन, यो त जनसेवाको कठोर जिम्मेवारी र राज्यप्रतिको अविचलित उत्तरदायित्व र जवाफदेहिता हो,’ भन्ने बुबा सुवासको आहान स्मरण गर्दै स्ट्याटसमा भनेका छन्, ‘ त्यही जिम्मेवारी र जवाफदेहिताको भावसहित आज म जनताको बीचमा मन, वचन र कर्मले उभिएको छु।’

    बुबाको जन्मदिनमा आफूले पुन एक पटक उनको आदर्श, मूल्य र राष्ट्रप्रतिको अगाध समर्पणलाई आफ्नो जीवनको अटुट मार्गदर्शन बनाउने प्रतिज्ञा गर्दै उनले भनेका छन्, ‘हजुरले हिँड्नुभएको निष्ठाको बाटोमा र दिनुभएको आदर्शको उज्यालो समाएर सधैं अघि बढ्ने वाचा गर्दछु, बुबा।’


    अर्थ चाैतारी
  • विहिबार, २८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट