काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रहेको छ ।
अर्थ चाैतारी ।