logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • हिमालयन लाइफका बीमितले एक लाख सम्मको कर्जा अनलाइनबाटै लिन पाउने

    हिमालयन लाइफका बीमितले एक लाख सम्मको कर्जा अनलाइनबाटै लिन पाउने

    858
    SHARES
    हिमालयन लाइफका बीमितले एक लाख सम्मको कर्जा अनलाइनबाटै लिन पाउने

    काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका बीमितहरुले एक लाख रुपैया सम्मको कर्जा अनलाइनबाटै आवेदन गरी लिन पाउने भएका छन् । कम्पनीका बीमितहरुलाई सहज रुपमा कर्जा उपलब्ध गराउने उद्धेश्यले खल्ती एपको सहकार्यमा यस प्रकारको सुविधा उपलब्ध गराईएको हो ।



    कम्पनीमा बीमा गरेका बीमितहरुले बीमालेख अन्तर्गत कर्जा लिन योग्य भई अनलाइन आवेदन गरे पश्चात कम्पनीले कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशिका अनुसार बीमा गरेको तीन बर्ष पुरा भए पश्चात बीमितहरुले कर्जा लिन पाउने व्यवस्था रहेको छ ।

    कम्पनीले खल्ती एपको सहकार्यमा अनलाइनबाट बीमालेख अन्तर्गतको कर्जा लिन सक्ने व्यवस्था गरेको कारण एक लाख सम्मको कर्जा लिन कम्पनीमा जानै नपर्ने र जुनसुकै स्थानमा बसेर पनि कर्जा प्राप्त गर्न सकिने भएको छ । कम्पनीका बीमितहरुले बीमालेख अन्तर्गत कर्जा लिनको लागि सर्वप्रथम खल्ती एपमा रहेको एचएलआइ डिजिटल लोन अप्सनमा जाने, त्यसमा आउने बीमालेख नम्बरमा आफ्नो बीमालेख नम्बर दर्ता गरे पश्चात एक लाख सम्मको सिमा भित्र रही कर्जाको आवेदन गर्नु पर्ने र त्यसपछि प्राप्त हुने ओटिपी नम्बर दर्ता गरे पश्चात आफुले लिन चाहेको बीमालेख कर्जा आफ्नो खल्ती वालेट/खातामा प्राप्त हुने व्यवस्था रहेको छ ।

    कम्पनीबाट अनलाइन बीमालेख कर्जा सुविधा प्राप्त गर्नको लागि कम्पनीमा बीमा गर्दा र खल्ती एप खोल्दा प्रयोग गरिएको केवाइसी र मोबाइल नम्बर समेत मिलेको हुनु पर्ने अन्यथा कर्जा प्राप्त नहुने कम्पनीले जनाएको छ ।

    कम्पनीका बीमितहरुलाई छिटो, छरितो रुपमा तत्कालै बीमालेख अन्तर्गतको कर्जा प्रदान गर्न यस प्रकारको सुविधा ल्याईएकोले यस सुविधाको अधिकतम रुपमा प्रयोग गर्नका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले सवैलाई आग्रह गर्नुभयो । अनलाइन बीमालेख कर्जा सुविधाको प्रभावकारिता हेरेर आगामी दिनमा यस प्रकारको सुविधालाई बिस्तार गर्दै लगिने कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट