काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाण्डौको बौद्धस्थित हायत होटल तोडफोड गर्ने दुई व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–८ घर भइ काठमाण्डौ महानगरपालिका–६ बौद्ध बस्ने वर्ष ३७ को कुले भन्ने कुलध्वज लामा र काभ्रेपलान्चोकको रोसी गाउँपालिका–४ घर भइ बौद्ध बस्ने वर्ष ३७ को कोरियन भन्ने राकेश लामा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले जेनजी आन्दोलनको मौका छोपी उक्त होटल भित्र रहेको प्राईड क्यासिनो लुटपाट र आगजनी गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज (फागुन ३० गते) बौद्धबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए।
अर्थ चाैतारी ।