logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • कालंगा हाइड्रोले चैत्र १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

    कालंगा हाइड्रोले चैत्र १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

    559
    SHARES
    कालंगा हाइड्रोले चैत्र १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

    काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडले चैत्र १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।



    कम्पनीले स्थानीयलाई १४ लाख कित्ता शेयर निष्काशन गर्ने छ। स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा चैत्र २४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सक्ने छन्।

    त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र १५ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

    नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले बझांगमा १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष खगेश्वर बोहोरा हुन् भने अन्य संचालकमा उमेश श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, शिव प्रसाद घिमिरे, र तिर्थ राज चटौत रहेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट