काठमाण्डौ । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २६ दशमलव ०७ अंकले घटेर २,७९८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ९७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ६६ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर हेवाखोला हाइड्रोको ४१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभनदा धेरै सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, अपर हेवाखोला र सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । होटल फरेष्ट इनका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ दशमलव ३९ प्रतिशतका दरले गुमाएका हुन् । बजार घट्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा समूह बढेको छ। उत्पादन तथा प्रशोधन समूह ०.२५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा सर्वाधिक १.६१ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन बजारमा ४८ कम्पनीको शेयरभाउ बढेको छ भने २११ कम्पनीको घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज करिब १२ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज सोमबार ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको हो।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।
कुन कम्पनीको कति बोनस शेयर सूचीकृत ?
१. युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको ५ प्रतिशतले हुन आउने २ लाख ३० हजार ४ सय १२ कित्ता बोनस शेयर।
२. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशतले हुन आउने १४ लाख ६२ हजार ७ सय १० दशमलव ५० कित्ता बोनस शेयर।
३. एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० प्रतिशतले हुन आउने ५१ लाख ३७ हजार ४ सय ८९ दशमलव १४ कित्ता बोनस शेयर ।
अर्थ चाैतारी ।