काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । आज बिहिबार कम्पनीको १ करोड कित्ता शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएपछि आइतबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९०.०४ रुपैयाँदेखि २७०.१२ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (BJHL) सिम्बलबाट कारोबार हुने छ।
कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।
यस कम्पनीका अध्यक्ष डा. खगेन्द्र प्रसाद ओझा हुन् भने प्रबन्ध निर्देशन माधव राज आचार्य हुन् । अन्य संचालकमा अनु खनाल, विवेक रावल, डा. हिमाल भट्टराई तथा स्वतन्त्र संचालकमा ढुंडीराज ज्ञवाली छन् ।
अर्थ चाैतारी ।