logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • सिनर्जी पावरको शेयरमा रेकर्ड ब्रेक, कसले किन्यो ७ लाख कित्ता ?

    सिनर्जी पावरको शेयरमा रेकर्ड ब्रेक, कसले किन्यो ७ लाख कित्ता ?

    1.4K
    SHARES
    सिनर्जी पावरको शेयरमा रेकर्ड ब्रेक, कसले किन्यो ७ लाख कित्ता ?

    काठमाण्डौ । लामो समयदेखि ४०० रुपैयाँ हाराहारीको मूल्य र औसत संख्यामा कारोबार हुँदै आएको सिनर्जी पावर डेभलपमेन्टको शेयरमा आइतबार रेकर्ड ब्रेक भएको छ। शेयरको मूल्यसमेत बढेर एकैदिन झन्डै ७ लाख कित्ताको कारोबार भएपछि रकेर्ड ब्रेक भएको हो।



    सिनर्जी पावरको शेयरमूल्य आइतबार १३ रुपैयाँले बढेर ६ लाख ९५ हजार कित्ताभन्दा बढी संख्यामा कारोबार भएको छ। जब कि यसभन्दा पहिले यति धेरै संख्यामा कहिल्यै पनि यसको शेयर कारोबार भएको थिएन। यस दिन अरु हाइड्रोको मूल्य घट्दा यसको बढ्यो। एकैदिन ठूलो संख्यामा शेयर किनबेच भएर मूल्यसमेत बढेपछि लगानीकर्तामा उत्सुकता जागेको पाइएको छ।

    स्रोतका अनुसार कम्पनीको सबैभन्दा ठूलो संस्थागत लगानीकर्ता एभरेष्ट भेन्चर्सले बेचेको शेयर अन्य संस्थागत लगानीकर्ता तथा कारोबारीहरुले खरिद गरेपछि सो कम्पनीको शेयरमा उछाल आएको हो। आइतबार ब्रोकर नम्बर ६४, ८५, ३८, ३३ लगायतकाबाट ठूलो खरिद भएको छ भने ६७, ३४, ५८, ५७ लगायतका ब्रोकरबाट ठूलो संख्यामा बिक्री भएको छ। ‘ठूलो संख्यामा शेयर खरिद गर्नेहरुमा जीवन बीमा कम्पनी र सामूहिक लगानी कोषहरु पनि छन्’, स्रोतले भन्यो।

    केही समयअघि कम्पनीको साधारणसभामा विवाद भएपछि यस कम्पनीप्रति लगानीकर्ताको खासै चासो देखिएको थिएन तर अब कम्पनीको ठूलो कित्ता शेयर एउटा संस्थाबाट धेरै खेलाडीको हातमा पुग्यो तब नयाँ माहौल सिर्जना हुने संकेत देखिएको हो। सिनर्जीजस्तै शेयर कित्ता, आय र नेटवर्थ भएका कम्पनीहरुको मूल्य ६०० रुपैयाँ माथि पुगिसकेकाले सस्तो भएकाले पनि संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको आकर्षण यसमा बढेको हुन सक्छ।

    सिनर्जीले ५० प्रतिशत लगानी गरेको दुईवटा जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेर नेपाल धितोपत्र बोर्डबाट आइपीओ स्वीकृति हुनै लागेको बेला कम्पनीको शेयरमा आकर्षण बढ्नु अर्थपूर्ण छ। १ अर्ब २० करोड रुपैयाँमात्र चुक्ता रहेको मध्यम खालको यस कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

    कम्पनीले उत्पादन गरेको बिजुलीमा कन्टेन्जेन्सी हटेर टेक अर पे मोडलमा प्राधिकरणले किन्ने भएपछि यस वर्ष आम्दानीसमेत बढ्ने भएको छ। अन्य आयोजनामा लगानी गर्न कम्पनीले आगामी दिनमा हकप्रद शेयरको बाटोसमेत लिन सक्ने सम्भावना भएको बताइन्छ।


    अर्थ चाैतारी
  • सोमबार, ९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट