logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

    533
    SHARES
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।



    आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा साथै कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट