logo

२०८२ चैत्र २८, शनिबार

logo
  • २०८२ चैत्र २८, शनिबार
  • एआईजी शाहबारे दुई थरी प्रतिवेदन : एउटा पेजमा पुरस्कार, अर्कोमा कारबाही सिफारिस

    एआईजी शाहबारे दुई थरी प्रतिवेदन : एउटा पेजमा पुरस्कार, अर्कोमा कारबाही सिफारिस

    559
    SHARES
    एआईजी शाहबारे दुई थरी प्रतिवेदन : एउटा पेजमा पुरस्कार, अर्कोमा कारबाही सिफारिस

    काठमाण्डौ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे पूर्वन्यायाधीश गाैरी बहादुर कार्की नेतृत्वकाे जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन ‘लिक’ भएको छ । घटनाबारे करिब ५ महिना छानबिन र जाँचबुझ गरेपछि आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा उच्च सुरक्षा अधिकारीहरूलाई कारबाही तथा पुरस्कृत गर्न सिफारिस गरिएको छ ।



    नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धी बिक्रम शाहबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले दुई थरी सिफारिस गरेको भेटिएको छ । प्रतिवेदनको ६८९ पृष्ठमा शाहलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ । त्यस्तै पेज नम्बर ७२५ मा उनलाई कारबाही सिफारिस गरेको भेटिएको छ ।

    आयोगले उनलाई पुरस्कृत गर्न सिफारिस गर्दै लेखेको छ, ‘भदौ २४ गते टङ्गाल स्थित भाटभटेनी र नक्सालको हिल्टन होटल जलाई आक्रमणकारीहरू नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आक्रमण गर्न खोज्दा कार्य विभाग प्रमुख प्रअमनि शाहले आक्रमणकारीहरुलाई मूल गेट भित्र प्रवेश गर्न नदिई नेतृत्वदायी भूमिका निर्वाह गरी नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई पूर्ण रुपमा सुरक्षित राख्न सफल भएको हुँदा उनलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्नुपर्ने देखिन्छ ।’

    कारबाही सिफारिस गरिएको नेपाल प्रहरीका पदाधिकारीहरूको सूचीमा पनि उनको नाम उल्लेख गरिएको छ । आयोगका प्रतिवेदनमा उनलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । भदौ २३ र २४ मा जेनजी प्रदर्शन हुँदा कार्य विभागको प्रमुख रहेका शाह अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक छन्।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट