logo

२०८३ असार ७, आइतबार

logo
  • २०८३ असार ७, आइतबार
  • आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल

    आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल

    351
    SHARES
    आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल

    काठमाण्डौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्त्वपूर्ण भएको बताएका छन्।



    शनिबार चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले यसको रूपान्तरणका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्तिमा जोड दिनुपर्ने बताएका हुन्।

    कृषिमा लगानी गर्नुपर्ने विषयमा पटक–पटक जोड दिइए पनि त्यसअनुसार लगानी हुन नसकेकाले अब बन्ने नयाँ सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको उनले स्पष्ट पारे। यसका साथै कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई एउटा नमुना विश्वविद्यालयका रूपमा विकास गर्न अन्य विश्वविद्यालयहरूसँगको समन्वयमा आफूले विशेष ध्यान दिने धारणासमेत उनले राखे।

    यस दीक्षान्त समारोहमा विश्वविद्यालयबाट कुल दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन्। जसमा स्नातक तहका एक हजार ८३६, स्नातकोत्तर तहका ३२७ र विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका ३० जना विद्यार्थी रहेका छन्।


    अर्थ चाैतारी
  • आइतबार, ७ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट