logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • इरानले भन्यो: यी मित्र राष्ट्रका लागि होर्मुज मार्ग खुला छ

    इरानले भन्यो: यी मित्र राष्ट्रका लागि होर्मुज मार्ग खुला छ

    689
    SHARES
    इरानले भन्यो: यी मित्र राष्ट्रका लागि होर्मुज मार्ग खुला छ

    काठमाण्डौ । विश्वभर ऊर्जा ढुवानीका लागि महत्त्वपूर्ण मार्ग होर्मुज स्ट्रेट खुला गर्न अमेरिकाले दबाब दिइरहेका बेला इरानले मित्र राष्ट्रहरूका लागि यो खुलै रहेको बताएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले चीनलगायत मित्र राष्ट्रहरूलाई होर्मुज मार्ग उपलब्ध गराइरहेको बताएका हुन्।



    बीबीसीका अनुसार उनले भनेका छन्, ‘हामी चीन, रुस, भारत, इराक र पाकिस्तानजस्ता मित्र राष्ट्रहरूलाई स्ट्रेट अफ होर्मुजको बाटो उपलब्ध गराइरहेका छौँ।’ इजरायल र अमेरिकाले आक्रमण गरेयता यो मार्ग बन्द गरिएको र यसबाट आउजाउ गर्ने केही जहाजमा हमला भएको रिपोर्ट आइरहेका बेला इरानले मित्र राष्ट्रका लागि यो खुला नै रहेको जानकारी दिएको हो।

    यो समुद्री मार्गमा अवरोधले विश्वका धेरै देशमा तेल र ग्यासको अभाव भएको छ भने निरन्तर मूल्य बढिरहेको छ। अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ। यसबिच युद्ध अन्त्यका लागि अमेरिकाले १५ बुँदे प्रस्ताव पठाए पनि इरानले अस्वीकार गरेको छ भने अहिले वार्ता गर्ने कुनै मनसाय नरहेको बताएको छ।

    उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानका नेता आफूहरूसँग वार्तामा रहेको तर उनीहरू यो कुरा भन्न डराइरहेको दाबी गरेका छन्।

    स्ट्रेट अफ होर्मुज : के हो र कहाँ छ?

    अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो। विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुज एकातिर ओमान र यूएई अनि अर्कातिर इरानको बिचमा पर्छ।

    यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।

    युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ होर्मुजबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ। अमेरिका-इजरायल र इरानबिचको युद्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक स्ट्रेट अफ होर्मुजसम्म फैलिएको छ।जसका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ।

    इरानको सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार