logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • २ सय ३६ ‘राइड सेयरिङ’ चालक परे कारबाहीमा

    २ सय ३६ ‘राइड सेयरिङ’ चालक परे कारबाहीमा

    247
    SHARES
    २ सय ३६ ‘राइड सेयरिङ’ चालक परे कारबाहीमा

    काठमाण्डौ । ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकामा पछिल्लो चौबीस घण्टामा २ सय ३६ जना ‘राइड सेयरिङ’ चालकलाई कारवाही गरेको छ।



    काठमाण्डौमा पठाओ, इन्ड्राइभर, याङ्गोसहितका ‘राइड सेयरिङ’ एप धेरै प्रयोगमा छन्। काठमाण्डौका विभिन्न ठाउँमा चेकजाँच गर्दा राइड सेयरिङलाई पेशा बनाउने समेत ट्राफिक नियम उल्लंघन गरेकोमा कारवाहीमा परेका हुन्।

    सामान्यतः उनीहरु सवारी साधन चलाउन पोख्त, ट्राफिक नियम पालनामा चनाखो हुने अपेक्षा गरिन्छ।

    ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कूल २ हजार ७२२ जना चालकलाइ कारवाही गर्दा २७ लाख २७ हजार छ रुपैयाँ राजस्व सङकलन भएको छ।

     


    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट