logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलमा उपचार सेवामा छुट

    गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलमा उपचार सेवामा छुट

    286
    SHARES
    गरिमा विकास बैंकका ग्राहकलाई ओम हस्पिटल र कान्तिपुर डेन्टलमा उपचार सेवामा छुट

    काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरूले अब ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरमा विभिन्न उपचार सेवामा आकर्षक छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंकले दुवै स्वास्थ्य संस्थासँग छुट प्रदान गर्ने सम्झौता सम्पन्न गरेको छ ।



    सम्झौताअनुसार बैंकका ग्राहकहरूले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यान, एक्स–रे लगायत अन्य स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) मा बेड शुल्कमा १५ प्रतिशत तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

    कान्तिपुर डेन्टल हस्पिटलले प्रदान गर्ने उक्त सुविधा काठमाडौंको बसुन्धारा, सुन्दरबस्ती र सतुंगलका शाखासहित पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) र बुटवल (रुपन्देही) स्थित शाखाबाट पनि लिन सकिनेछ ।

    गरिमा विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ तथा डेबिट/क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा उल्लेखित दुवै अस्पतालबाट सहज रूपमा छुट प्राप्त गर्न सक्नेछन् ।

    हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट