logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सेयरबजारमा झण्डै ५ अर्बको किनबेच, तीनवटा समूह मात्रै बढे

    सेयरबजारमा झण्डै ५ अर्बको किनबेच, तीनवटा समूह मात्रै बढे

    702
    SHARES
    सेयरबजारमा झण्डै ५ अर्बको किनबेच, तीनवटा समूह मात्रै बढे

    काठमाण्डौ । सेयरबजार आज पनि २५.८१ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त अंकले घटेर २७४४.४५ विन्दुमा रोकिएको छ।



    यस दिन कुल ४ अर्ब ९८ करोडको कारोबार भएको छ। १ करोड २१ लाख कित्ता किनबेचपछि उक्त परिमाणको कारोबार भएको हो। बुधबार ३० वटा सेयर बढ्दा २३५ वटा घटेका छन्। ४ वटाको मूल्य स्थिर छ।

    बढेकामा कर्पोरेट डेभलपमेन्ट बैंक १३.८१ प्रतिशतले बढे पनि बाँकी सेयर अधिकतम ३.८७ प्रतिशतसम्म उकालो लागेका छन्। आज कुमार बैंकको ऋणपत्र ११.४६ प्रतिशतले घटे पनि अन्य सेयरहरु अधिकतम ९.९२ प्रतिशतसम्म झरेका छन्।

    कारोबारमा आज सबैभन्दा बढी रिलायन्स स्पिनिङको २४ करोडको किनबेच भएको छ। त्यस्तै पाल्पा सिमेन्ट २० करोड, कर्पोरेट डेभलपमेन्ट बैंक १८ करोड, सोलु हाइड्रो १७ करोडको कारोबार भएको छ।

    आज विकास बैंक, सामूहिक लगानी र व्यापार सूचक बढे पनि बाँकी सबै घटेका छन्।


    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८३
  • सम्बन्धित समाचार