logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • सरकार गठनको अघिल्लो दिन सेयर बजार सकारात्मक, परिसूचक २९५० को विन्दुमा

    सरकार गठनको अघिल्लो दिन सेयर बजार सकारात्मक, परिसूचक २९५० को विन्दुमा

    650
    SHARES
    सरकार गठनको अघिल्लो दिन सेयर बजार सकारात्मक, परिसूचक २९५० को विन्दुमा

    काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा सकारात्मक रौनक देखिएको छ । आज नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ भने कारोबार रकममा पनि निकै उत्साहजनक वृद्धि भएको छ ।



    बिहीबार नेप्से परिसूचक १४.२१ अङ्कले बढेर २९५०.१६ विन्दुमा पुगेको छ । बजार खुला भएदेखि नै उतारचढाव देखिए पनि अन्त्यमा बजार बढेर बन्द भएको हो । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन हुँदैछ । उक्त दिन सेयर बजार नखुल्ने भएकोले सरकार गठनअघिको पछिल्लो कारोबार आज नै हो । अब आइतबार बजार खुल्नेछ ।

    आज दिनभर कुल ३४३ कम्पनीका ३ करोड ४ लाख कित्ता सेयर १ लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा कुल १३ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका कम्पनीहरूमध्ये १७८ कम्पनीको मूल्य बढेको छ भने ८० कम्पनीको मूल्यमा गिरावट आएको छ। त्यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

    आज बजारमा विकास बैंक, जीवन बीमा, ट्रेडिङ सूचक घटेको छ । म्युचुअल फण्ड को सूचक स्थिर हुँदा अरू सबै समूहका सूचक बढेका छन् ।

    आज पाँच वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको मूल्यमा १० प्रतिशत तथा सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ। पञ्चकन्या माई हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज एनआरएन इन्फास्ट्रक्चर शीर्ष स्थानमा रह्यो। यसको ९४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, एसवाई प्यानलको ७१ करोड ९२ लाख र नेशनल हाइड्रोपावरको ४६ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट