logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • ११ दिनमै पेट्रोलियम पदार्थको मूल्य चर्को वृद्धि गर्दा आयल निगमले दियो यस्तो तर्क

    ११ दिनमै पेट्रोलियम पदार्थको मूल्य चर्को वृद्धि गर्दा आयल निगमले दियो यस्तो तर्क

    663
    SHARES
    ११ दिनमै पेट्रोलियम पदार्थको मूल्य चर्को वृद्धि गर्दा आयल निगमले दियो यस्तो तर्क

    काठमाण्डौ । नेपाल आयल निगमले पछिल्लोपटक मूल्यवृद्धि गरेको ११ दिन नबित्दै पेट्रोलियम पदार्थको फेरि मूल्य वृद्धि गरेको छ। सरकारले बुधबार राति गरेको मूल्य वृद्धिअनुसार आजदेखि काठमाडौँमा पेट्रोलको भाउ प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ।



    सरकारले यसअघि यही चैत १ गते पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेको थियो। पछिल्लोपटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले फेरि डिजेल-मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरेको हो। भारतीय आयल कर्पोरेशनले पठाउने सूचीअनुसार यसअघि निगमले हरेक महिनाको १ र १६ तारिकमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो।

    जसअनुसार निगमले यही चैत १८ गते मूल्य समायोजन गर्नुपर्ने थियो। त्यो भन्दा ६ दिनअघि नै भारतले सूची नपठाउँदै निगमले पेट्रोलियम पदार्थको मूल्य विृद्धि गरेको हो। चैत १ गते निगमले पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ मूल्य वृद्धि गरेको थियाे। भारतले सूची नपठाउँदै मूल्य वृद्धि गर्नुको कारण निगमले मध्यपूर्वमा जारी युद्धलाई देखाएको छ।

    ‘विगत एक महिनादेखि मध्यपूर्वमा जारी युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ,’ निगमले गएराति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्धको कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य वृद्धि भइ इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन सकेको छैन। यसले गर्दा निगमलाई १६ दिन (१६ देखि ३१ मार्चसम्म) ५ अर्ब घाटा हुने देखिन्छ। पछिल्लो सयमको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने देखिएको छ।’

    मार्च १ देखि मार्च २४ सम्म निगमले खरिद गर्ने पेट्रोलको मूल्य प्रति लिटर ७६ र डिजेलमा प्रतिलिटर १४३ वृद्धि भएको निगमले जनाएको छ।

    ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहँदा सोहीअनुसार मूल्य समायोजन हुन नसक्दा घाटा रकममा उल्लेख्य वृद्धि भई इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना हुने देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘इन्डियन आयल कर्पोरेशनबाट हालसम्म माग बमोजिमको परिणाम पेट्रोलियम पदार्थको आपूर्ति भइरहेता पनि तोकिएको समयमै भुक्तानी दिन नसक्दा आपूर्ति व्यवस्था प्रभावित हुने देखिन्छ। यस अवस्थालाई उपभोक्ताको हितलाई मध्यनजर गर्दै र निगमसँग रहेको मूल्य स्थिरिकरण कोषकोसमेत उपयोग गरी हाललाई पेट्रोल र डिजल र मट्टीतेलमा प्रतिलिटर १५/१५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको छ।’

    निगमले बिहीबारदेखि लागू हुनेगरी पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तोकेको छ।

    त्यसैगरि डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकेको छ। मूल्य समायोजनसँगै काठमाण्डौमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पुगेको छ।

    निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई राखेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट