logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • एडीबीले भन्यो, ‘मध्यपूर्वको तनावले एसियामा आर्थिक संकटको जोखिम बढ्न सक्छ’

    एडीबीले भन्यो, ‘मध्यपूर्वको तनावले एसियामा आर्थिक संकटको जोखिम बढ्न सक्छ’

    663
    SHARES
    एडीबीले भन्यो, ‘मध्यपूर्वको तनावले एसियामा आर्थिक संकटको जोखिम बढ्न सक्छ’

    काठमाण्डौ । एसियाली विकास बैंक (एडीबी)ले मध्यपूर्वको तनावले एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक वृद्धिदर र महँगीमा प्रभाव पर्ने उल्लेख गरेको छ । एडीबीको एक अध्ययनले मध्यपूर्वका देशमा चलिरहेको द्वन्दले विकासशील एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर सन् २०२६–२०२७ मा १.३ प्रतिशत बिन्दुसम्म घट्ने र मुद्रास्फीति ३.२ प्रतिशत बिन्दुसम्म बढ्ने देखाएको हो ।



    ऊर्जाको उपलब्धता र मूल्यमा उल्लेखनीय वृद्धि भएको, आपूर्ति श्रृंखला र व्यापारमा गम्भीर अवरोध आएको र वित्तीय अवस्था थप कसिलो बन्दै गएको जनाउँदै एडीबीले यस्तो जोखिम औल्याएको हो । साथै, युद्ध र संघर्षका कारण पर्यटन र रेम्टियान्समा समेत प्रतिकूल असर पर्न सक्ने एडीबीको भनाइ छ ।

    एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले ऊर्जा अवरोधले विकासशील एसिया तथा प्रशान्त क्षेत्रका देशहरुमा असर पर्ने जनाउँदै सम्बन्धित देशका सरकारहरूले कमजोर वर्गको संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । यसका साथै, सुधार गर्ने नीतिहरू अवलम्बन गर्नुपर्ने आवश्यकता पनि औल्याएका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट