logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • शपथअघि शीतल निवासमा शंखनाद

    शपथअघि शीतल निवासमा शंखनाद

    585
    SHARES
    शपथअघि शीतल निवासमा शंखनाद

    काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन गरिएको छ । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।



    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिँनेछन् । प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने तयारी छ ।

    शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी हुने कार्यक्रम छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट