काठमाण्डौ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा चितवनमा पनि एमालेका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।
भरतपुर–१० चौविसकोठीबाट कोणसभा गरेपछि प्रदर्शन टोली वीरेन्द्र क्याम्पस चोकसम्म पुगेको थियो । पूर्वप्रधानमन्त्री ओलीलाई तत्काल रिहाइ गर्न माग गर्दै वीरेन्द्र क्याम्पस चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रदर्शका कारण केही बेर यातायात अवरुद्ध भएको थियो । केहीबेर प्रदर्शनकारी र प्रहरीबीच धकेला धकेल भएको थियो । एमाले कार्यकर्ताहरुले कार्कीको आयोगको प्रतिवेदन समेत जलाएका थिए । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालिन प्रधानमन्त्री ओलीलाई गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा आज विहान निवासबाटै ओलीलाई पक्राउ गरेको हो । सरकारले तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पनि सोही अभियोगमा पक्राउ गरेको छ ।
प्रदर्शनमा एमाले नेताहरु कृष्णभक्त पोखरेल, देवी ज्ञवाली, निशा अधिकारीलगायतका नेताहरु सहभागि थिए ।
अर्थ चौतारी ।