logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • महासंघ निर्वाचनः सोमबार नरेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा हुँदै (सूचीसहित)

    महासंघ निर्वाचनः सोमबार नरेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा हुँदै (सूचीसहित)

    728
    SHARES
    महासंघ निर्वाचनः सोमबार नरेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा हुँदै (सूचीसहित)

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले सोमबार आफ्नो समूहको घोषणा गर्ने भएका छन् । यसअघि नै वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका श्रेष्ठले सोमबार समूह सहितको उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।



    श्रेष्ठको समूहबाट विदूर धमला, भक्त हमाल, दुर्गा सुवेदी, पशुपतिदेव पाण्डे र सागर ढकाल केन्द्रीय कार्यकारिणी समिति सदस्यको उम्मेदवार छन् । यसैगरी, विप्लव अधिकारी, प्रल्हाद दाहाल, सुबोध कुमार गुप्ता, लिलेन्द्र प्रधान र राजेन्द्र सांग्रौला पनि उनको टिमबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।

    ‘अरु साथीहरु पनि हुनुहुन्छ, १६ जनाको टिम सोमबार घोषणा हुँदैछ’ श्रेष्ठ समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्न लागेका एक जनाले भने, ‘सबै व्यवसाय र पेशालाई समेटेर टिम बनाएका छौँ । पर्यटन, कृषि, औषधि, रियलस्टेट, सेयर ब्रोकर, इन्धन सबै क्षेत्रबाट हाम्रो समूहमा प्रतिनिधित्व छ ।’

    वस्तुगत उपाध्यक्षमा श्रेष्ठसँग शिवप्रसाद घिमिरेले प्रतिस्पर्धा गर्दैछन् । घिमिरेले पनि आफ्नो समूहको औपचारिक घोषणा गरिसकेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, १५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट