logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • भन्सार विभाग पुगेका अर्थमन्त्रीले भने – इमानदार भएर लक्ष्य प्राप्तिमा लाग्नुहोस्

    भन्सार विभाग पुगेका अर्थमन्त्रीले भने – इमानदार भएर लक्ष्य प्राप्तिमा लाग्नुहोस्

    637
    SHARES
    भन्सार विभाग पुगेका अर्थमन्त्रीले भने – इमानदार भएर लक्ष्य प्राप्तिमा लाग्नुहोस्

    काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज भन्सार विभाग पुगेर अनुगमन तथा ब्रिफिङ लिएका छन् ।



    उक्त क्रममा उनले विभागका कर्मचारीहरुलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिए । राजस्व संकलनमा इमानदारीपूर्वक लागे मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउन सक्ने पनि उनले बताए ।

    राजस्व संकलन बढाएर सरकारको बृहत् समृद्धिको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको पनि खास चासो रहेको भन्दै उनले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत विशेष अनुगमन भइरहेको बताए । उक्त क्रममा उनले विभागमा रहेको भन्सार ल्याबको पनि अनुगमन गरेका थिए ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट