logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • अमेरिकी डलरले निरन्तर उच्च मूल्यको रेडर्क कायम गर्दा अस्ट्रेलियन डलरको घट्यो

    अमेरिकी डलरले निरन्तर उच्च मूल्यको रेडर्क कायम गर्दा अस्ट्रेलियन डलरको घट्यो

    702
    SHARES
    अमेरिकी डलरले निरन्तर उच्च मूल्यको रेडर्क कायम गर्दा अस्ट्रेलियन डलरको घट्यो

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च बनेको छ। तर अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको छ। यी मुद्राको विनिमयदर हिजो पनि घटेको थियो।



    अमेरिकीसँगै आज बहराइन दिनारको विनिमयदर पनि बढेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

    हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा थियो। त्यसैगरि आज युरो १ को खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा छ। हिजो युरो १ को खरिददर १७४ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९६ पैसा थियो।

    आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ६७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा थियो।

    त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ३२ पैसा छ। हिजो आज कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ २३ पैसा थियो। आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २१ पैसा थियो।

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

    हेर्नुहोस् सबै मुद्राको विनिमय दर


    अर्थ चाैतारी
  • मंगलबार, १७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट