काठमाण्डौ । एशियन होटेल लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ २० गते आवेदन दिएको हो।
कम्पनीले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले भैरहवामा ४ तारे होटल संचालन गरिरहेको छ । यो होटल बौद्ध धर्मावलम्बी तथा सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने उद्देश्यले सन् २०२१ मा स्थापना भएको थियो । लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल र विश्वभरका बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो ।
होटल सन् २०२१ मा स्थापित भएको हो । होटलले हाल ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्कोट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग जस्ता अन्य सम्बन्धित सुविधाहरु बाट आफ्नो व्यवसाय गर्दै आइरहेको छ ।
आईपीओबाट पैसा उठाएर होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, स्पोट्र्स कम्प्लेक्स तथा हेल्थ फिटनेस लगायतका पूर्वाधार विकास गर्ने योजना कम्पनीको रहेको छ । होटल एसियनका अध्यक्ष पारस अधिकारी हुन्।
अर्थ चाैतारी ।