काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघको १३औं महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुँदैछ । अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलश पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामाबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
लामा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले उम्मेदवारी दिएका छन् । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन् ।
उपमहासचिव पदमा प्रमोद लामिछानेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
यसैबीच, लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध भएका छन् । सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का पाण्डे प्यानलका हुन् ।
अर्थ चाैतारी ।