logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • विदेशमा रहेका २१ हजार नेपालीले पाए याम्बालिङ्ग हाइड्रोको आईपीओ, यसरी हेर्न सकिन्छ रिजल्ट

    विदेशमा रहेका २१ हजार नेपालीले पाए याम्बालिङ्ग हाइड्रोको आईपीओ, यसरी हेर्न सकिन्छ रिजल्ट

    520
    SHARES
    विदेशमा रहेका २१ हजार नेपालीले पाए याम्बालिङ्ग हाइड्रोको आईपीओ, यसरी हेर्न सकिन्छ रिजल्ट

    काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँड गरेको छ । कम्पनीले चैत १८ गतेका दिन बाँडफाँड गरेको जनाएको छ ।



    जारी पुँजी ७० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २१ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २१ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएको छ । कम्पनीले उक्त सेयर चैत ८ गतेदेखि चैत ११ गतेसम्म विदेशमा रहेका नेपालीलाई बिक्री खुला गरेका थियो ।

    उक्त समयमा रितपूर्वक आवेदन दिने २१ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गरेको बिक्री प्रबन्धक एनएमबि मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ रिजल्ट बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित आईपीओ रिजल्ट वा मेरो सेयरबाट हेर्न सकिने जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट