logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • फेरि बढ्यो अण्डाको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

    फेरि बढ्यो अण्डाको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

    455
    SHARES
    फेरि बढ्यो अण्डाको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

    काठमाण्डौ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मूल्य फेरि बढाएको छ । संघको कार्यसमितिको पछिल्लो निर्णयअनुसार आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो ।



    यसअघि चैत १६ गतेदेखि लागू भएको मूल्यको तुलनामा अहिले सबै प्रकारका अण्डामा प्रति क्रेट १५ रुपैयाँले वृद्धि भएको छ ।

    अण्डाको मूल्यसँगै ढुवानी र प्याकेजिङ खर्चमा पनि वृद्धि भएको छ । चितवनबाट लोड भई देशभरका विभिन्न डिपोहरूमा पुर्याउँदा लाग्ने भाडा, कार्टुन र क्रेट बापतको थप शुल्क यसअघि १४० रुपैयाँ रहेकोमा अब ५ रुपैयाँले बढेर १४५ रुपैयाँ कायम गरिएको छ।

    संघका सचिव मदन पोखरेलका अनुसार, अण्डा उत्पादक किसानहरूको गहन छलफल र कार्यसमितिको निर्णय बमोजिम यो नयाँ दररेट कार्यान्वयनमा ल्याइएको हो ।

    किसानहरूको लागत मूल्य र बजारको अवस्थालाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको संघले जनाएको छ ।

    image


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट