logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • राष्ट्रिय सभाको उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध

    राष्ट्रिय सभाको उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध

    481
    SHARES
    राष्ट्रिय सभाको उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध

    काठमाण्डौ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध भएकी छन् ।



    उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका सहप्रवक्ता अनन्त कोइरालाले जानकारी दिए । सचिवालयले उपाध्यक्षका लागि आइतबार साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन दर्ताका लागि समय छुट्ट्याएको थियो ।

    भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल छन् । समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमा रहेका सहप्रवक्ता कोइरालाले जानकारी दिए।

    सचिवालयले उम्मेदवारीबारे जानकारी आइतबार अपरान्ह ४ बजे सूचना जारी गरेर प्रकशित गर्नेछ । निर्वाचित भएको घोषणा सोमबार सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा हुनेछ ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट