काठमाण्डौ । नेपाल राष्ट्र बैंकले केही निश्चित कर्जाको जोखिमभार घटाएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै ३ करोड रुपैयाँसम्मको साना तथा मझौला व्यवसाय कर्जाको जोखिम भार घटाएको हो।
नयाँ व्यवस्था अनुसार अब ३ करोडसम्मका कृषि, सूचना प्रविधि र उत्पादनमूलक उद्योगका कर्जाहरूको जोखिम भार ६० प्रतिशत कायम गरिएको छ । यस अघि यी कर्जाको जोखिमभार ७५ प्रतिशत थियो।
अर्थ चाैतारी ।