logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • अब शनिबार र आइतबार बैंक तथा वित्तिय संस्था पनि बन्द हुने

    अब शनिबार र आइतबार बैंक तथा वित्तिय संस्था पनि बन्द हुने

    364
    SHARES
    अब शनिबार र आइतबार बैंक तथा वित्तिय संस्था पनि बन्द हुने

    काठमाण्डौ । सरकारले सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बैंकहरू पनि दुई दिन बन्द हुने भएका छन् । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा नै इन्धनको अभाव बढ्दै गएको छ भने इन्धनको मूल्य पनि उच्च भएको छ ।



    जसका कारण सरकारले इन्धनको खपत घटाउन सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस्तै अन्य ५ दिन भने कार्यालय समय बढाउने भएको छ । सोमबारदेखि शुक्रबारसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्णय सरकारले गरेको हो ।

    सरकारको निर्णयसँगै नेपाल राष्ट्र बैंक पनि सरकारी कार्यालय नै भएकाले सरकारकै निर्णयअनुसार नै २ दिन बिदा हुने राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेल बताउँछन् । सरकारको निर्णयको प्रति पर्खिरहेको भन्दै निर्णयको आधिकारिक सूचना आएपछि राष्ट्र बैंकले निर्णय गर्ने उनले बताए ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन नम्बर १४ मा राष्ट्र बैंक बिदा हुँदा बैंकहरू पनि बिदा गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंक बिदा भएको समयमा कारोबार सञ्चालन गर्नुपर्ने भएमा राष्ट्र बैंकमा लिखित रूपमा जानकारी गराउनुपर्ने व्यवस्था छ । यस आधारमा राष्ट्र बैंक बिदा हुँदा बैंकहरू पनि बन्द हुने देखिन्छ ।

    ‘नेपाल राष्ट्र बैंक खुलेको दिन तथा यस बैंकको बैंकिङ कार्यालयले बैंकिङ कारोबार गर्ने समयसम्म इजाजतपत्रप्राप्त संस्थाहरूले अनिवार्य रूपमा आफ्नो कार्यालय खोली बैंकिङ कारोबार सञ्चालन गर्नुपर्नेछ,’ एकीकृत निर्देशनमा भनिएको छ, ‘तर, बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंक खुलेको दिन र समयका अतिरिक्त समय तथा अन्य बिदाका दिन र समयमा आफ्नो कारोबार सञ्चालन गर्ने भएमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा लिखित रूपमा जानकारी दिनुपर्नेछ ।’

    राष्ट्र बैंक बिदाको दिनमा राष्ट्र बैंकलाई लिखित जानकारी गराएर मात्रै बैंकिङ सेवा दिनुपर्ने भएकाले सीमित कर्मचारीबाट प्रवाह हुने केही काउन्टर र डिजिटल बैंकिङ सेवा बाहेक अन्य सेवा बन्द हुने राष्ट्र बैंकका प्रवक्ता पौडेल बताउँछन् ।

    राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १०:०० बजेदेखि दिउँसो १:३० बजेसम्म बैंकहरूले आवश्यक विभाग तथा कार्यालय सञ्चालन गरी सेवा सुचारु गर्नुपर्ने उक्त निर्देशनमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट