logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • सडक डिभिजन महेन्द्रनगरद्वारा ३ निर्माण कम्पनीसँग स्पष्टीकरण माग

    सडक डिभिजन महेन्द्रनगरद्वारा ३ निर्माण कम्पनीसँग स्पष्टीकरण माग

    546
    SHARES
    सडक डिभिजन महेन्द्रनगरद्वारा ३ निर्माण कम्पनीसँग स्पष्टीकरण माग

    काठमाण्डौ । सडक डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरले निर्माण कार्यमा चरम ढिलासुस्ती गर्ने र आयोजना अलपत्र छाड्ने तीनवटा निर्माण व्यवसायी (कम्पनी) हरूलाई ठेक्का किन नतोड्ने भन्दै १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।



    डिभिजनले सोमबार एक सूचना जारी गर्दै ती कम्पनीहरूलाई पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत निर्माण कार्य सम्पन्न गर्न चासो नदेखाएको र लामो समयदेखि निर्माणस्थल अलपत्र पारेका कारण कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ ।

    कार्यालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र मनासिब कारणसहित स्पष्टीकरण नआएमा ठेक्का सम्झौता अन्त्य गरी कम्पनीहरूलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत जफत गर्ने र बाँकी काम सम्पन्न गर्न लाग्ने थप खर्च सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी सडक डिभिजनले दिएको छ ।

    निर्धारित समयमा आयोजना सम्पन्न नगर्नेमा महेन्द्रनगरको मैनाचुली/मालिका/एमबीए जेभी, काठमाडौँको नागार्जुन कन्स्ट्रक्सन प्रालि र धनगढीको बज्रगुरु बी एण्ड बी सनलाइट जेभी रहेका छन् । मैनाचुली÷मालिका÷एमबीए जेभीले पूर्व–पश्चिम राजमार्गको अत्तरिया–गड्डाचौकी खण्ड (कैलाली र कञ्चनपुर) मा सडक विस्तार तथा ड्रेन निर्माणको जिम्मा पाएको थियो ।

    नागार्जुन कन्स्ट्रक्सन प्रालिले महाकाली राजमार्ग (कैलाली) को पुनस्र्थापना, भिरालो व्यवस्थापन र कालोपत्रे गर्ने ठेक्का पाएको थियो । बज्रगुरु बी एण्ड बी सनलाइट जेभीले कैलालीको निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत पर्ने खुटिया पुल–उर्मा–भादा सडक स्तरोन्नतिको काम अधुरो छाडेको छ ।

    सडक डिभिजन महेन्द्रनगरका अनुसार सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ को प्रावधान बमोजिम यी कम्पनीहरूमाथि कडा कानुनी कारबाही अघि बढाइनेछ । निर्माण व्यवसायीको लापरवाहीका कारण महत्त्वपूर्ण सडक आयोजनाहरू समयमै सम्पन्न हुन नसक्दा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट